नेभिगेशन
समाज

सानीभेरी नदीमा भेटिएको महिलाको शवको पहिचान खुल्यो

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ गजेटाकुरीस्थित सानीभेरी नदीको टापुमा भेटिएको महिलाको शवको पहिचान भएको छ।

उक्त शव मुसिकोट नगरपालिका १३ लामाडाँडाकी ४५ वर्षीया अस्मिता बिष्टको रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार मृतकका छोरा दीपक बिष्टले उक्त शव पहिचान गर्नुभएको हो । 

हिजो असोज २६ गते दिउँसो स्थानीयले बेवारिसे अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले ल्याइएको थियो । शव पहिचान गरेर आफन्तले बुझेर लिएका छन्।

प्रहरीका अनुसार अस्मिता बिष्ट असोज २५ गते बिहान घरबाट निस्किएकी थिइन्। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज