नेभिगेशन
समाज

दुई नाबालिका छोरी डेरामा छाडेर एक महिला सम्पर्कविहिन

रुकुम पश्चिमकी एक महिला दुई नाबालिका छोरीहरु डेरामै छोडेर सम्पर्कविहिन भएकीछिन् । 

आठबिसकोट नगरपालिका २ स्यालाखदी घर भई बाँफिकोट गाउँपालिका ४ छिनखेतमा बस्दै आएकी २५ वर्षीया जोगमाया बिक गत शुक्रबार देखि सम्पर्कविहिन भएकी हुन् । 

जोगमायाका श्रीमान् राजु बिकका अनुसार नाबालिका दुई छोरीहरुलाई डेरामा बस्दै आएको कोठामा छोडेर जोगमाया सम्पर्कविहिन भएकी हुन् । आफू रोजगारीको सिलसिलामा भारतमा रहेको र हिजो शनिबार मात्रै आईपुगेको राजुले बताउनुभयो । आफू घर नपुग्दै आफ्ना लत्ताकपडा र सामाग्रीहरु लिएर श्रीमति सम्पर्कविहिन भएको उहाँले जानकारी दिनुभयो । 

राजुका अनुसार बाँफिकोटको ठाँटीमा उहाँको माईती घर हो । माईतीघर नजिकैको छिनखेत बजारमा सानो किराना पसल सञ्चालन गरेर डेराको कोठामा उहाँको परिवार बस्दै आएको थियो । श्रीमतीले सिलाईकटाई तालिम लिन थालेको र आफू पनि कमाई गर्ने सल्लाह अनुसार केहि समयअघि भारत गएको राजुले जनाउनुभयो । 

चाडपर्व आएपछि घर फर्कदा भने श्रीमतीले दुई नाबालिका छोरीहरुलाई डेरामै छोडेर सम्पर्कविहिन भएको उहाँले उल्लेख गर्नुभयो । 

जोगमायाले ३ वर्षकी र डेढ वर्षकी दुई साना छोरीहरू छाडेर घरबाट अस्पताल जान्छु भने हिँडेको बताईएको छ । घरबाट निस्केको तीन दिनसम्म पनि नफर्किनएपछि परिवार निकै चिन्तित बनेका छन्।

श्रीमतीको खोजीको लागि प्रहरी कार्यालयमा निवेदन समेत दिएको उहाँले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज