नेभिगेशन
समाज

आरा मेसिनमा परेर रुकुमका नन्दराम गम्भिर घाईते, उपचारको लागि आर्थिक अभाव

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–४ निवासी ५४ वर्षीय नन्दराम बुढा आरा मेसिनमा परेर गम्भिर घाईते हुनुभएको छ । 

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नामा बिसी फर्निचर उद्योग सञ्चालन गर्ने उहाँ गत मंगलबार फर्निचर उद्योगमा काम गर्ने सिलसिलामा विद्युतीय आरा मेसिनमा पर्न जाँदा गम्भिर घाईते हुनुभएको हो । उहाँको पेट काटिएर गम्भीर घाइते हुनुभएको हो । 

गम्भिर घाईते अवस्थाका उहाँलाई उपचारको लागि मंगलबार नै नेपाली सेनाको हेलिकोप्टरद्वारा सुर्खेत पठाइएको थियो । सुर्खेतमा पनि उपचार सम्भव नभएपछि नेपागञ्ज हुँदै थप उपचारको लागि उहाँलाई काठमाडौं रिफर गरिएको छ । तर उहाँको आर्थिक अभावको कारण समयमै उपचार पाउँन समस्या देखिएको छ । 

उहाँको स्वास्थ्य अवस्था गम्भिर रहेको र कमजोर पारिवारीक आर्थिक अवस्था रहेकोले मनकारी सहयोगीहरुलाई उपचारकाे लागि सहयोग गर्न अपिल गरिएको छ । सबैको सानो सहयोगले नन्दराम बुढाथोकीको जीवन बचाउन सकिने उहाँका आफन्जनहरुको विश्वास रहेको छ । 
उहाँलाई सहयोग गर्न चाहनुहुने मनकारीहरुले उहाँको छोरी लक्ष्मी बिसीलाई ९७६४१९९७६० मा सम्पर्क गर्न सकिने वा तल उल्लेख गरिएको खातामा सहयोग जम्मा गर्न सकिने बताईएको छ । 

laxmi-bc-account-scan-1760008442.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज