नेभिगेशन
कला/संस्कृती/धर्म

बराहटाकुरा पाँचपूणी मेलामा पौराणिक तथा मौलिक संस्कृतिको प्रदर्शनी हुने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ बराहटाकुरामा पाँचपूणी मेला लाग्ने भएको छ । 

विजयादशमी पछिको पूर्णिमाको दिन विगतका वर्षहरुमा भव्य रुपमा लाग्दै आएको बेला केहि वर्षअघिबाट वेवास्तामा पर्दै आएको थियो । तर यस वर्ष मेला भव्य र आकर्षक बनाउन स्थानीयले मेला व्यवस्थापन समिति तयार गरेर मेलाको तयारीमा जुटेका छन् । 

स्थानीय अगुवा हेमराज श्रेष्ठको संयोजकत्वमा बराहटाकुरा पाँचपूणी मेला व्यवस्थापन समिति निर्माण गरिएको छ । समितिले यस वर्ष असोज २१ गतेका दिन परम्परागत रुपमा लाग्दै आएको मेलालाई निरन्तरता दिदैं भव्य र सभ्य बनाउने निर्णय गरेको छ ।

मेलामा पौराणिक, मौलिक संस्कृति झल्काउने झाँकी तथा नृत्यहरु (सिंगारु, पैसेरु, मयुरनाच, टप्पा, सोरठी, पञ्चेबाजा) प्रस्तुत हुने बताईएको छ ।

समितिले मेलामा प्रस्तुतीका लागि सहभागी सबै समुह, झाँकी तथा नृत्य समुहलाई सम्मानसहित पुरस्कृत गर्ने जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्