नेभिगेशन
समाज

भूमि आयोग रुकुम पश्चिमका निवर्तमान सदस्य महत मृत अवस्थामा फेला 

  • सौगात गौतम

भूमि समस्या समाधान आयोग रुकुम पश्चिमका निवर्तमान सदस्य तुलसा महत मृत अवस्थामा फेला पर्नुभएको छ । 

६० वर्षीया महत शनिबार दिउँसो ४ बजेको समयमा मुसिकोट नगरपालिका ७ देवीटाकुरास्थित घरमा मृत अवस्थामा फेला पर्नुभएको हो । 
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आफ्नै घर नजिकैको शौचालयमा पासो लगाएर झुण्डिएको अवस्थामा उहाँको शव फेला परेको हो । 

स्थानीयले प्रहरीलाई घटनाबारे जानकारी दिनसाथ अस्थायी प्रहरी पोष्ट साँखबाट प्रहरी सहायक निरीक्षक धनबहादुर डिसी र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक ऋषि पाठकको कमाण्डमा प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । 

मृतक महत नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि लालबहादुर महतको श्रीमती हुुनुहुन्छ । महत दम्पतीले लामो समयसम्म जिल्ला सदरमुकाम मुसिकोट खलंगामा होटल व्यवसाय सञ्चालन गर्नुभएको थियो । उहाँहरु सफल व्यवसायीको पहिचान बनाउन सफल हुनुभएको थियो । 

घरमा कोहि नभएको बेला झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका स्थानीयले गरेतापनि प्रहरीले पोष्टमार्टम रिपोर्ट पश्चात घटनाको तथ्य खुल्ने जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज