नेभिगेशन
समाज

कलाकार दिपा शाहीद्वारा बादी समुदायलाई सहयोग

रुकुम पश्चिम । दसैँको अवसरमा मोडेल तथा कलाकार दिपा शाहीले रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–९ नमुनाबस्तीमा रहेका २२ घर बादी समुदायलाई विभिन्न सहयोग वितरण गर्नुभएको छ ।

दसैँको अवसरमा घर आएको बेला शाहीले प्रत्येक घरलाई चामल, बालबालिकाका लागि कापी–कलम, दशैं खर्च स्वरूप नगद रकम र हरेक घरमा डस्टबिन प्रदान गर्नुभएको हो ।

समाजसेवामा पनि सक्रिय शाहीले दशैंजस्तो महान चाडमा पिछडिएको बादी समुदायलाई सहयोग गरेर खुसी बाँड्न पाउँदा आफु सन्तुष्ट भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सहयोग पाएका बादी समुदायका परिवारले शाहीप्रति आभार व्यक्त गर्दै यस किसिमको सहयोगले दशैं पर्व उल्लासमय बनेको प्रतिक्रिया दिएका छन् ।

1000118788-1759231796.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज