नेभिगेशन
घटना/दुर्घटना

सल्यानमा भएको गाडी दुर्घटनाका मृतक र घाईतेको पहिचान खुल्यो

गएराती सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा भएबमे गाडी दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ५ का २७ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ बर्सिया पवि केसी र अन्दाजी २७ वर्षीय शशिधर केसी रहेका छन् । 

तीनै जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्घटनामा दुई जना गम्भिर घाईते हुनुभएको छ । घाइते हुनेमा बाँफिकोट गाउँपालिका ५ का ४७ वर्षीय ठगेन्द्र केसी र ३६ बर्षीया निशा केसी रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान नेपालगन्ज पठाइएको छ । 

गाडीमा ३ पुरुष र २ महिला गरी ५ जना सवार रहेको बुझिएको छ । बाँफिकोट गाउँपालिकाबाट दाङको घोराहीतर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्