नेभिगेशन
समाज

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु

रुकुम पश्चिममा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । 

बुधबार बेलुका बाँफिकोट गाउँपालिका २ कल्लुजिते बस्ने ४५ वर्षीया तारादेवी पौडेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरि प्रसाद पुनका अनुसार बुधबार बेलुका घर नजिकैको गोठमा गाईवस्तु सार्ने क्रममा उहाँलाई चट्याङ लागेको थियो । गम्भिर घाईते अवस्थाकी पौडेललाई उपचारको अस्पताल लिजादै गर्दा मृत्यु भएको थियो । 

अस्पताल ल्याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । मृतक पौडेलको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्लेमा लिईएको छ । 

यसैगरी चट्याङले सानीभेरी गाउँपालिका ११ सानेलेख निवासी तुल्से खड्काको बोका मरेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज