नेभिगेशन
समाज

टाउको दुखेर नगर अस्पताल गएका बिरामीको उपचार नपाएर मृत्यु भएको आरोप !

अस्पताल भन्छ : आउँदा अवस्था सामान्य नै थियो, मेडिकल ईरर छैन, पछि एक्कासी अवस्था बिग्रियो

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १३ निवासी ४६ वर्षीय गंगाधर जैसीको मंगलबार मृत्यु भएको छ । 

मंगलबार बिहान सात बजे चौरजहारी नगरपालिका १० स्थित सहिद स्मृति नगर अस्पतालमा टाउको दुखेको भन्दै उपचारका लागि गएका जैसीको निधन भएपछि उनका आफन्तहरुले समयमै गतिलो उपचार नपाउँदा मृत्यु भएको जनाएका छन् । 

मृतक जैसीको छोरी निता शर्माले अस्पतालको लापरबाहिको कारण बुवाको मृत्यु भएको भन्दै आक्रोश पोख्नुभयो । सामान्य अवस्थामा अस्पताल जानु भएका बुवाको चेकजाँचमा ढिलाई भएको, ल्याब रिपोर्टको नआएको बहानामा लामो समयसम्म उपचार नगरेको, बुवालाई एक्कासी गाह्रो भएपछि रिफर गरिदिन आग्रह गरेपनि दुव्र्यवहार भएको बताउनुभयो । 

“बुवालाई गाह्रो भएको छ, हेरिदिनुहोस् अथावा राम्रो अस्पतालमा रिफर गरिदिनुस् भनेर बिन्ती गर्दा पनि त्यहाँका डाक्टरले तपाई जान्ने पल्टिने ? आफै जाँच गर्नुस् भन्दै हप्काउनु भयो” मृतकको छोरी निताले भन्नुभयो “दिउँसो २ बजेपछि बुवाको अवस्था अन्तिम भएकोेले मात्र रिफर गरिदिए, चौरजहारी अस्पताल पु¥याउनै पाएनौ ।” चौरजहारी अस्पतालमा ३ः३० बजे मृत घोषणा गरिएको थियो । 

घरबाट सजिलै अवस्थामा अस्पताल गएका बिरामीको अकस्मात मृत्यु भएपछि मृतकका आफन्तहरुले चौरजहारी नगरपालिका र अस्पताल प्रशासन समक्ष घटनाको छानबिन, दोषिलाई कारबाहि र क्षतिपूर्तिको माग राखेका छन् । मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको छ । तर, आफन्तजनहरुले शव नबुझ्ने जनाएका छन् । 

यस बिषयमा सहिद स्मृति नगर अस्पतालका प्रमुख चुडामणी केसीले मेडिकल इरर नभएको बताउनुभयो । केसीका अनुसार मंगलबार बिहान अस्पतालमा आउनु भएका जैसीको अवस्था गम्भिर थिएन । सुरुमा ज्वरो र टाउको दुखाई कम गर्ने औषधि चलाईएको थियो । ११ बजेसम्म पनि उहाँको अवस्था जटिल बनेको थिएन । 

अस्पतालमा जनशक्ति र उपकरण अभाव हुँदा ल्याब रिपोर्ट आउन ढिलाई भएतापनि जैसीको उपचारका स्वाथ्यकर्मीहरु खटिईरहेको उहाँको भनाई छ । अस्पताल प्रमुख केसीले भन्नुभयो, “एक सय डिग्री ज्वरो थियो, डेंगी भएको रिपोर्ट आयो, अचानक अवस्था गाह्रो बन्दै गएपछि हामीले अस्पतालबाट रिफर गरेर एम्बुलेन्समा पठाएका हौं ।” अस्पताल आउँदा अवस्था सामान्य नै भएपछि चेकजाँचको रिपोर्ट नआउँदै तुरुन्तै रिफर गर्न नसकिएको अस्पतालको भनाइ छ । 

अस्पतालले दिएको औषधिमा कुनै कमजोरी नरहेको अस्पतालको प्रष्टिकरण रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज