नेभिगेशन
समाज

मग्मा स्वास्थ्य चौकीका सिनियर अनमी अधिकारीको असमायिक निधन, शोकमा गाउँपालिका 

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका अन्तर्गत मग्मा स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी हिमाली अधिकारीको निधन भएको छ । 

३० वर्षीया अधिकारी निमोनिया रोगबाट ग्रसित हुनुहुन्थ्यो । बाँफिकोट गाउँपालिका -६ निवासी उहाँको उपचारको क्रममा आईतबार मृत्यु भएको बाँफिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चिरिञ्जीवी रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुर बाँकेमा उहाँको असमायिक निधन भएको हो ।

यस दुखद घटनाले बाँफिकोट गाउँपालिका कार्यालय गहिरो शोक रहेको उहाँले जनाउनुभयो । शोकको यस घडीमा गाउँपालिकाले आइतबारका दिन बाँफिकोट गाउँपालिका अन्तर्गतका शाखा तथा वडा कार्यालय, स्वास्थ्य संस्था (आकस्मिक सेवा बाहेक) मा १ दिन शोक विदा गरेको छ। 

बाँफिकोट गाउँपालिका अध्यक्ष जनक कुमार बाँठाले एक कुशल, कर्तव्यनिष्ठ, इमान्दार, राष्ट्रसेवक कर्मचारी सिनियर अनमी अधिकारीको अल्पआयुमै भएको निधनले बाँफिकोट गाउँपालिका कार्यालयलाई अपुरणीय क्षति पुगेको पुगेको बताउनुभयो । बाँफिकोटले मात्र नभई देशले नै एउटा असल राष्ट्रसेवक कर्मचारी गुमाएको उहाँको भनाइ छ । 

550065969_122158500878751387_188972703879082099_n-(1)-1758449188.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्