नेभिगेशन
राष्ट्रिय

जाजरकोटका दिपक रावत पब्लिक स्पिच नेपालको विजेता

पब्लिक स्पिच नेपाल २०८२ मा जाजरकोटका दिपक रावत बिजेता बन्नुभएको छ । काठमाण्डौंमा शनिबार सम्पन्न पब्लिक स्पिच नेपाल २०८२ को फाईनल राउण्डबाट रावत बिजेता हुनुभएको हो ।  

यसैगरी प्रतियोगितामा काठमाण्डौंकी मेलिसा कार्की द्धितिय र जाजरकोटका दिपक परियार तृतिय हुन सफल हुनुभएको छ ।

प्रतियोगितामा ईसेवाका माध्यमबाट सर्वोत्कृष्ठ प्राप्त गर्दै दोलखाकी उमा कार्कीले पब्लिक च्वाईस अवार्ड हात पार्नुभएको छ भने डोटीकी तोरिशा भण्डारीले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल हुनुभएको छ । पर्साकी प्रार्थना अधिकारीले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको छ। 

क्रमशः प्रथम, द्धितिय, तृतिय हुन सफल बिजेताहरुलाई ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो भने पब्लिक च्वाईस अवार्ड बिजेता कार्कीलाई २० हजार, सान्तोना हुन सफल भण्डारीलाई ५ हजार र प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल अधिकारीलाई ५ हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो । 

बिजेताहरुलाई निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा चक्र बहादुर चन्द, निर्णायक समिति सदस्य उत्प्रेरक डा. तारा बहादुर गिरी (तारा जी), बरिष्ठ सञ्चारकर्मी बबिता बस्नेत लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।  

युवाहरुको बक्तृत्वकला क्षमता अभिबृद्धी गर्ने, युवाहरुको वाक क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहीत गर्ने लगायतका उद्धेश्य राख्दै बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रब्यापी रुपमा प्रतियोगिता आयोजना गरेको हो ।

कार्यक्रममा निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, निर्णायक समिति सदस्य उत्प्रेरक डा. तारा बहादुर गिरी (तारा जी), बरिष्ठ सञ्चारकर्मी वविता वस्नेत, उत्प्रेरक बक्ता रमण भट्राई, राष्ट्रिय अपाँग महासंघ नेपालका पूर्व संघिय अध्यक्ष तथा एबिलिस फाउण्डेसनका नेपाल प्रमुख डाक्टर बिरेन्द्रराज पोख्रेल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।  

कार्यक्रममा राष्ट्रिय अपाँग महासंघ नेपालका पूर्ब संघिय अध्यक्ष देबिदत्त आचार्य, बाग्मती सरसफाई अभियन्ता चक्र बहादुर चन्द, राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायण गिरी, राष्ट्रिय युवा परिषदका सदस्य बिनोद शाही लगायतको उपस्थिती रहेको छ ।

कार्यक्रममा निर्णायक समितिका संयोजक पूर्ब अर्थ सचिव कृष्णहरि बास्कोटाले प्रतियोगिताको नियम बारे जानकारी गराउनुका साथै नतिजा सार्वजनिक गर्नु भएको थियो । 

बास नेपालका पूर्ब केन्द्रीय अध्यक्ष मन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्य माथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाण्डौं शाखा अध्यक्ष शकुन्तला शाहले गर्नु भएको थियो । 

प्रतियोगिता तिन चरणमा गर्ने क्रममा बास नेपालले पहिलो चरण अडिसन राउण्ड सम्पन्न गरिसकेको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहने प्रतियोगिहरुका लागि खुला सूचना जारी गरिएकोमा देशैभरबाट १३७ जनालले भाद्र १५ गते भित्र तोकिएको ढाँचामा समसामयिक बिषयमा बोलिएको भिडियो सामाग्री आयोजकलाई उपलब्ध गराएका थिए । 

अडिसन राउण्डबाट ६७ जना सेमिफाईनल राउण्डका लागि छनौट भएका थिए । अडिसन राउण्डको नतिजा भाद्र १३ गते आयोजकले प्रकाशन गरेको थियो ।

अडिसन राउण्डबाट छनौट भएका प्रतियोगिहरुले गत भाद्र २० गते संघिय राजधानि काठमाण्डौंमा सेमिफाईनल भएको थियो । सेमिफाईनलबाट २२ जना प्रतियोगिहरु फाईनल राउण्डमा प्रबेश गरेका थिए । जसमध्ये १४ जनाले अन्तिम प्रतिष्पर्धामा भाग लिएका थिए । 

फाईनलमा सहभागि भएका प्रतियोगीहरुले सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण, अपाँगता तथा समाबेशिता प्रबद्र्धनमा राज्यको भुमिका, प्राकृतिक सम्पदाको संरक्षण, बौद्धिक पलायन रोकथामको दिगो उपायका बिषयमा मन्तव्य व्यक्त गरेका थिए । 

फाईनल प्रतियोगितामा आश्मी लोहनी, धोज बहादुर पुलामी मगर, दिक्षा भण्डारी, दिपक परियार, दिपक रावत, इसा थापा, मेलिसा कार्की, प्रार्थना अधिकारी, प्रिन्स यादव, श्रेया बुढाक्षेत्री,सुशान श्रेष्ठ, सुशिला धमाला, टोरेशा भण्डारी, उमा कार्की प्रतिष्पर्धिको रुपमा सहभागि थिए । 

कार्यक्रममा ह्याण्डिक्याप ईण्टरनेशनल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोष, राष्ट्रिय अपाँग महासंघ नेपाल, कर्ण सकारात्मक कोष, सिआईजिपि लगायतको सहकार्य रहेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय

नवनियुक्त १५ मन्त्रीले लिए शपथ