नेभिगेशन
कला/संस्कृती/धर्म

भण्डारीका 'प्लास्टिकको फूल' र 'जीवन शूत्रका गीत' लोकार्पण 

रुकुम पश्चिम निवासी साहित्यकार खगेश्वर भण्डारीका दुई कृति लोकार्पण भएका छन् ।

शुक्रबार राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिमले आयोजना गरेको १३२ औ रुकुम साहित्य मालाको अवसरमा भण्डारीका प्लास्टिकको फूल कथासंग्रह र जीवन शूत्रका गीत कविता संग्रह लोकार्पण गरिएको हो ।

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ को शुभ अवसर समेत जुराएर भण्डारीका दुई कृति एकसाथ लोकार्पण गरिएको हो ।  

मुसिकोट नगरपालिकाका प्रथम नगर प्रमुख देवीलाल गौतम र कर्णाली प्रदेश सरकारका पूर्व सचिव भरत कुमार शर्माले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको हो । 

उक्त अवसरमा प्लास्टिकको फूल कथासंग्रहको साहित्यकार तथा मुसिकोट खलंगा बहुमुखि क्याम्पसका उपप्रध्यापक मुकुन्द शर्माले र जीवन शूत्रका गीत कविता संग्रहको साहित्यकार कमप्रसाद देवकोटाले समालोचना गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद रुकुम पश्चिमका अध्यक्ष मनलाल ओलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहसचिव ओम केसीले गर्नुभएको थियो । कार्यक्रममा मुसिकोट नगरपालिका १० का वडा अध्यक्ष धनबहादुर खड्का, साहित्यकार गिरीप्रसाद बुढा, अधिवक्ता अमर बहादुर ओली, विजयश्वरी बोर्डिङ स्कुलका प्रिन्सीपल जयबहादर थापा लगायतको सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्