नेभिगेशन
राष्ट्रिय

संविधान दिवस : रुकुममा रक्तदान, सरसफाई, दिप प्रज्वलन र अन्तरक्रिया गरिदै

नेपालको संविधान जारी भएको दिन अर्थात असोज ३ गतेलाई संविधान दिवसको रुपमा लिईन्छ । यस अवसरमा रुकुम पश्चिममा सरसरफाई, रक्तदान, दीप प्रज्वलन, अन्तरक्रिया लगायतका कार्यक्रम गरिने भएको छ । 

बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको संविधान दिवस मूल समारोह समितिको बैठकले विभिन्न कार्यक्रमका साथ संविधान दिवस मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर विकको अध्यक्षतामा बसेको असोज २, ३ र ४ गते विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउने निर्णय गरेको हो । 

बैठकले असोज २, ३ र ४ गते सबै सरकारी निकाय, प्रतिष्ठान, सङ्घ संस्थाका कार्यालयहरूमा निर्धारित साइजका राष्ट्रिय झन्डा मर्यादापूर्वक राखी सजाउने, कार्यालय तथा घर घरमा दीप प्रज्वलन गर्ने र आफ्नो कार्यालय परिसरको सरसफाइ गर्ने निर्णय गरेको छ । 

त्यसैगरी वडा स्तरमा समेत सम्बन्धित वडाध्यक्षको अध्यक्षतामा समिति बनाएर संविधान तथा राष्ट्रिय दिवस मनाउने निर्णय भएको बैठकमा सहभागी गैर सरकारीसंस्था महासंघका जिल्ला अध्यक्ष भिमराज ओलीले जानकारी दिनुभयो । दिवसको अवसरमा विभिन्न सञ्चार माध्यमहरूमा दिवससँग सम्बन्धित सन्देश तथा कार्यक्रमहरू प्रकाशन–प्रसारण गर्न लगाउने पनि निर्णय भएको छ । 

दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत सञ्चालन गर्ने निर्णय भएको छ । दिवसको दिन बिहान जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुख, सङ्घ संस्थाका प्रमुख समेतको सहभागितामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा जिल्लास्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्