नेभिगेशन
राष्ट्रिय

रोल्पा, रुकुममा भूकम्पको धक्का, केन्द्रबिन्दु कहाँ ?

रोल्पा, रुकुम लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । 

बुधबार (आज) बेलुका दुई फरक फरक स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको बताईएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका ३ रोवाङ र रूकुम पूर्व र बाग्लुङको सीमाना पातिहाल्ने नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । 

भूकम्प मापन केन्द्रका अनुसार रोल्पामा ४.२ र रुकुम पूर्व र बाग्लुङको सीमानामा ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । 

भूकम्पपछि रोल्पा, रुकुम पश्चिम, रुकुम पूर्व, बाग्लुङ, गुल्मी, अर्घाखाँची लगायतका जिल्लामा धक्का महसुश भएको छ । 

क्षतिको विवरण भने आएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्