नेभिगेशन
समसामयीक
कानूनी व्यवस्था

कारागारबाट कैदी भागेमा वा भाग्ने उद्योग गरेमा के हुन्छ ?

नेपालको कानुनी व्यवस्था अनुसार कारागारबाट कैदी भाग्नु भनेको थप एउटा आपराधिक कृत्य (अपराध) मानिन्छ ।

यसमा भाग्न खोज्ने वा भाग्ने कैदीलाई कैद वा जरिवानाको सजाय हुँने व्यवस्था छ भने भाग्न सहयोग गर्ने व्यक्ति (भित्र र बाहिर) समेतलाई पनि सजाय हुँन सक्ने व्यवस्था गरिएको छ । 

कारागार ऐन, २०७९ को परिच्छेद ८ मा कसुर तथा सजाय सम्बन्धी व्यवस्था गरिएको छ । कारागार ऐन, २०७९ को दफा ४९ को उपदफा (१) मा कुनै बन्दिले देहायको कसुर गरेमा देहाय बमोजिमको सजाय हुँनेछ भन्ने व्यवस्था गरिएको छ । 

देहायको कसुर गरेमा दश वर्षसम्म कैद वा एक लाख रुपैँयासम्म जरिवाना वा दुवै सजाय :-

(१) कारागारको पर्खाल, झ्याल, ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा वा कारागारबाट गोप्य रुपमा भाग्न सकिने कुनै मार्ग बनाएमा वा त्यसको उद्योग गरेमा,
(२) कारागार भित्र हुँलदंगा गरेमा,
(३) बन्दी, कारागार कार्यालयका कर्मचारी वा आगन्तुकको शरीर बन्धक लिएमा, निजलाई आक्रमण गरेमा वा यातना दिएमा,
(४) कारागार भित्रको संरचना वा कुनै वस्तु नष्ट गर्ने उदेश्यले आगजनी गरे वा गराएमा,
(५) कारागार तथा बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मिको हात हतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा । 

कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा पचास हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ ।                                              
                                           

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्