नेभिगेशन
राष्ट्रिय

चौरजहारीमा जेनजीहरुको शान्तिपूर्ण प्रदर्शनी

रुकुम पश्चिमको चौरजहारीमा जेनजी समुहले शान्तीपूर्ण प्रदर्शनी गरेको छ । सोमबारबाट देशभर भएको जेनजी प्रदर्शनीको क्रममा रुकुममा पनि प्रदर्शनी भएको हो ।

मंगलबार चौरजहरी नगरपालिकास्थित बसपार्कबाट सुरु गरिएको आन्दोलन इलाका प्रशासन कार्यालय पुगेर बजार परिक्रमा गरेको थियो । प्रदर्शनीमा स्वतस्फुर्तरुपमा जेनजी पुस्ताको सहभागीता रहेको थियो । 

स्थानीय युवाहरु अविनाश केसी, नारायण आचार्य, रुपेश गिरी, यज्ञश्वर शर्मा लगायतको नेतृत्वमा शान्तीपूर्ण प्रदर्शन भएको हो । टोलीले इलाका प्रशासन कार्यालयमा पुगेर आन्दोलनमा प्रहरी दमन नगर्न अनुरोध गरेको छ । यसका साथै आज बेलुका दिप प्रज्वलन समेत गर्ने जनाएको छ । 

aandolan-(1)-1757405987.jpegजेनजी समुहले देशमा बढीरहेको भ्रष्टाचारको बिरोध गर्नुका साथै सामाजिक सञ्जाल माथिको प्रतिवन्ध लगायतका बिषयमा प्रदर्शन गरेको थियो । सो क्रममा देशभर सोमबार १९ जनाको मृत्यु भएको थियो । 

शान्तीपूर्ण आन्दोलनमा सहभागी विद्यार्थी र युवा पुस्तामाथि सरकारले गोली चलाएपछि देशभर अवस्था तनावग्रष्त बन्दै गएको छ । 

aandolan-(2)-1757405984.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्