नेभिगेशन
राष्ट्रिय

रुकुममा सुरु भयो जेनजी आन्दोलन, सरकार बिरुद्ध चौरजहारीमा नाराबाजीसहित जुलुस 

सोमबार काठमाडौ लगायत देशका मुख्य शहरहरुमा भएको जेनजीहरूको प्रदर्शनको पक्ष र सरकारको बिरोधमा रुकुम पश्चिमको चौरजहारीमा प्रदर्शन गरिएको छ । 

शीतल माध्यमिक विद्यालयमा अध्ययनरत करिब ३ सय बिद्यार्थीहरुले आज बिहान चौरजहारी बजारमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । 

शीतल माविस्थित बाल सञ्जालको अगुवाईमा भएको प्रदर्शनमा वर्तमान सरकार बिरुद्ध नाराबाजी गरिनुका साथै आन्दोलन दबाउन सरकारले हतियारको साहरा लिन खोजेको बताईएको छ । 

शीतल मावि बाल सञ्जालका अध्यक्ष आरएन चन्दका अनुसार स्वतस्फुर्त रुपमा विद्यार्थीहरुले जेनजी प्रर्दशनको पक्षमा र सरकारी दमनको बिरोधमा प्रदर्शन गरेका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार भएको प्रदर्शनमा देशभरका विभिन्न अस्पतालमा १९ जनाको मृत्यु भएको छ । 
भ्रष्टाचारको बिरोध र सामाजिक सञ्जाल माथिको प्रतिबन्दको बिरोधमा जेनजीहरुले प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्