नेभिगेशन
राष्ट्रिय

'जेन जी' काे प्रदर्शनलाई मेयर शाहकाे समर्थन

 'जेन जी' पुस्ता अर्थात् सन् १९९७ देखि २०१२ को बीचमा जन्मिएकाहरूले भोलि गर्ने भनेको प्रदर्शनलाई काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाहले समर्थन गर्नुभएको छ ।

१३ देखि २८ वर्ष उमेर समूहका व्यक्तिहरूले भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा भोलि काठमाण्डौमा प्रदर्शन गर्न लागेका हुन् । त्यही प्रदर्शनबारेमा फेसबुकमा लेखेर मेयर शाहले आफू २८ वर्ष पार भएका कारण प्रदर्शनमा सहभागी हुन नपाए पनि उनीहरूको कुरा बुझ्न जरुरी भएको भन्दै आफ्नो समर्थन रहेको उल्लेख गर्नुभएको छ ।

'जेन जी' पुस्ताको प्रदर्शन भोलि काठमाण्डाैको माइतीघर मण्डलमा बिहान ११ बजे हुनेछ । सामाजिक सञ्जाल टिकटकमा चलेको ट्रेन्ड अनुसार उनीहरूले विद्यार्थीको पोशाक लगाएर, परिचय पत्रसहित कम्तीमा एउटा किताब र एफोर साइजको खाली कागजसहित माइतीघर मण्डलमा उपस्थित हुन भनेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाण्डौले प्रदर्शनका लागि अनुमति दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्