नेभिगेशन
समाज

भेरीनदीको बिच बगरमा देखिएको पुरुषको शव निकालियो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ कोइलतरीस्थित भेरीनदीबाट एक पुरुषका शव निकालिएको छ । 

बुधबार दिउँसो स्थानीयले काठको मुडामा मानिसको शव अड्एिको भनेर प्रहरीलाई सूचना दिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल नं. ४७ गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त टोली गएर शव निकालेको हो । 

घटनास्थलमा रहनु भएका सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमका अनुसार सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र नेपाल प्रहरीका प्रहरी निरीक्षक हरि प्रसाद पुनको टोलीले स्थानीय समेतको सहयोगमा नदिको बिच बगरमा रहेको शव निकालेको हो । 

शवको पहिचान भने हुन सकेको छैन । अन्दाजी ३० बर्षको पुरुषको शव रहेको प्रहरी नायब निरीक्षक गौतमले जनाउनुभयो । उहाँका अनुसार शवलाई पोष्ट मार्फटको लागि जिल्ला अस्पताल सल्ले पठाईएको छ । थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्