नेभिगेशन
समाज

पहिरोले मालिका माविको भवन र घेराबारमा क्षति

अविरल वर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमकाे मुसिकोट नगरपालिका -१० स्थित मालिका माध्यमिक विद्यालय चुनमा क्षति गरेको छ।

बर्षाका कारण खसेको पहिरोले विद्यालयको भवन र घेराबारमा क्षति भएको वडा अध्यक्ष धनबहादुर खड्काले जानकारी दिनुभयो।

उहाँका अनुसार गत आर्थिक वर्षमा निर्माण गरिएको घेराबार र अघिल्लो आर्थिक वर्षमा निर्माण गरिएको चारकोठे भवनमा पहिरोले क्षति पुर्याएको छ। खर्च स्रोतको व्यवस्थापन वडा कार्यालयबाट हुने गरि तत्काल पर्खाल निर्माण गरि भवनमा थप क्षति हुन नदिने गरि काम गर्न विद्यालयलाई जानकारी गराइएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्