नेभिगेशन
समाज

रुकुमको छिङगाउँमा पहिरोले पुरिएर एक महिलाको मृत्यु

रुकुम पश्चिममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । 

आईतबार दिउँसो मुसीकोट नगरपालिका १ छिङस्थित तलिगाउँमा सुख्खा पहिरोले पुरिँदा ६९ वर्षीया हिम कुमारी मल्लको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनका अनुसार बाख्रा चराउन घर देखि २ किलोमिटर पर गएको बेला पहिरोमा परेर उहाँको मृत्यु भएको हो । 

सूचना लगत्तै प्रहरी निरीक्षक ऋषि पाठकको नेतृत्व प्रहरी टोली घटनास्थल गएको छ ।

प्रहरीका अनुसार पहिरोमा एक बाख्रा र एक भेडा पुरिएका छन्। प्रहरीले पहिरोमा रहेको मल्लको शव निकाल्ने तयारी गरिरहेको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्