नेभिगेशन
समाज

पुस्तकालय दिवस : कैदीबन्दीहरुलाई पुस्तक र खेल सामाग्री प्रदान

रुकुम पश्चिमस्थित कारागार कार्यालयमा पुस्तक तथा खेल सामाग्रीहरु प्रदान गरिएको छ । 

१८ औ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा जनविकास पुस्तकालय र पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ रुकुम पश्चिमद्वारा पुस्तक तथा खेल सामाग्री प्रदान गरिएको हो । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानी र नेपाल सरकारका पूर्व सचिव भरत कुमार शर्माले कारागार कार्यालयका निमित्त प्रमुख अकबिर घर्तीलाई पुस्तक तथा खेल सामाग्री हस्तान्तरण गर्नुभएको हो । दिवसको अवसरमा कारागार परिसरमा आयोजित कार्यक्रममा उक्र सामाग्री हस्तान्तरण गरिएको हो । उक्त सामाग्रीहरु कारागारमा रहेका कैदीबन्दीहरुको लागि उपलब्ध गराईएको हो । 

जनविकास पुस्तकालयका सहसचिव ओम प्रकाश खत्रीका अनुसार ५० हजार मूल्य बराबरका विभिन्न पुस्तक र खेल सामाग्री कारागारमा प्रदान गरिएको हो । विभिन्न उपन्यास, कथा, कविता, जीवनी, डिस्नरी लगायतका पुस्तकहरु र अत्यावश्यक खेलसामाग्रीहरु उपलब्ध गराईएको हो । 

जनविकास पुस्तकालयका उपाध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको पुस्तक हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीको प्रमुख आतिथ्यता र पूर्व सचिव भरत कुमार शर्माको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक प्रमेश बिष्ट, प्रमुख अनुसन्धान अधिकृत नेवबहादुर राना, पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष कर्ण बहादुर ओली तथा महासंघका पदाधिकारीहरु, जनविकास पुस्तकालयका पदाधिकारीहरु, सहित्यकारहरु लगायतको उपस्थिति रहेको थियो । 

पुस्तक तथा स्टेशनेरी व्यवसायी महासंघका अध्यक्ष कर्ण बहादुर ओलीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन जनविकास पुस्तकालयका सह सचिव ओमबहादुर खत्रीले गर्नुभएको थियो । 

नेपाल सरकारले वि.सं. २०६५ सालदेखि प्रत्येक वर्ष भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसको रुपमा मनाउँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्