नेभिगेशन
समाज

कालेखोलामा आएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुमखण्ड अवरुद्ध

लगातारको वर्षासँगै आएको पहिरोले मध्य पहाडी राजमार्गको रुकुम पश्चिम खण्ड अवरुद्ध भएको छ। 

शनिबार रातिको वर्षाको कारण आएको पहिरोले चौरजजारी नगरपालिका ८ स्थित कालेखोलामा आएको पहिरोले सडक अवरुद्ध भएको हो। 

कालेखोलामा रहेको पुलमाथि पहिरो आएको छ। यसका साथै अन्य विभिन्न स्थानमा पनि पहिरो झरेको स्थानीयले जानकारी दिएका छन् ।

सडक अवरुद्ध हुँदा मध्य पहाडी राजमार्ग हुँदै सुर्खेत नेपालगञ्ज जाने सवारी साधनहरू रोकिएका छन् । यसैगरी चौरजहारीबाट जिल्ला सदरमुकाम मुसिकोट जाने सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन्। 

एम्बुलेन्स, जीप र बस रोकिएपछि बिरामी र यात्रु मर्कामा परेका छन् । 

सडक डिभिजन कार्यालय चौरजहारीले पहिरो हटाउनको लागि जेसिबि मेसिन पठाउने तयारी भएको जनाएको छ। कार्यालयका नायब सुब्बा धनवीर केसीले अन्य स्थानमा पनि पहिरो आएकोले हटाउँदै आएको बताउनु भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्