नेभिगेशन
समाज

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ।  

मुटु रोगबाट पीडित उहाँको उपचारको क्रममा शनिबार बेलुका काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो। 

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका १० माइतीघर र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ३ खदी घर हुनुभएकी पुनले करिब चार साता अघि छोरीको जन्म दिनुभएको थियो । 

मुटुको भल्भमा समस्या भएपछि केही वर्ष अघि उहाँको अपरेसन गरिएको थियो। 

उहाँले नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभामा प्रतिनिधित्व गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्