नेभिगेशन
समाज

पाँच महिनापछि खुल्यो पत्रकार महासंघको ताला 

नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ स्थित सम्पर्क कार्यालयमा लगाइएकाे ताला खुलेको छ । 

विगत ५ महिनाअघि लगाइएको ताला बिहीबारबाट खुलेको पत्रकार महासंघ रुकुम पश्चिम शाखाका सचिव दिपेन्द्र महताराले जानकारी दिनुभयो । 

नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र समाजवादी प्रेस संगठनले विभिन्न माग राख्दै लगाएको ताला खुलेको विज्ञप्तिमार्फत जानकारी गराईएको । 

साधारण सदस्यको शुद्धिकरण तथा सिफारिस, जिल्ला शाखाभित्रको आर्थिक पारदर्शिता, समानुपातिक विज्ञापन प्रणाली र जिल्ला कार्यसमितिमा मनोनीत सदस्यमा वर्तमान शाखाले मनोमानी गरेको भन्दै गत चैत ५ गते सम्पर्क कार्यालयमा ताला लगाईएको थियो । 

आन्दोलनरत विभिन्न संगठन र पत्रकार महासंघबीच पटकपटक भएको छलफल र वार्ताको निष्कर्षअनुसार संगठनहरुले राखेका मागका सम्बन्धमा पत्रकार महासंघ सकारात्मक रहेको र आगामी दिनमा सुधार गर्दै लैजाने दुवै पक्षको प्रतिबद्धतामा सहमति भएपछि तालाबन्दी खुलेको सचिव महताराले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

साथै जिल्लामा सञ्चारमाध्यमको विकास र विस्तार तथा पत्रकार आचारसंहिताको परिपालनाले मात्रै रुकुमेली सञ्चार क्षेत्रको हित हुने विषय विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

पानीमा डुबेर तीन दिदीबहिनीको मृत्यू