नेभिगेशन
समाज

माइत आएकी महिलाको गोठालो गएको बेला लडेर मृत्यु

सल्यानको बागचौर नगरपालिका–९ परिलेखकी २४ वर्षीया दिपा ओली बस्नेतको भिरबाट लडेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सोमबार बेलुकी करिब साढे ५ बजे मोखल्यान सामुदायिक वनमा बाख्रा चराउने क्रममा उहाँ करिब ५०० मिटर तल लड्नु भएको थियो।

बागचौर नगरपालिका १० भाटभिटेमा घर भएकी दीपा माइती आएको बेला बाख्रा चराउन जान जानुभएको थियो ।

भीरबाट लडेर टाउकोमा गम्भीर चोट लागेकी उहाँलाई राति ९ बजे जनप्रिय पोलिक्लिनिक बागचौरमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएको थियो। अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमै राखिएको छ। मृतकका श्रीमान वैदेशिक रोजगारीका लागि विदेशमा रहेको बताइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज