नेभिगेशन
समाज

रुकुम पश्चिमका सिडिओ र सहायक सिडिओको एकैदिन सरुवा 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र सहायक प्रमुख जिल्ला अधिकारीको एकै दिन सरुवा भएको छ । 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी र सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीको बुधबार बेलुका सरुवा गरेको हो । 

प्रमुख जिल्ला अधिकारी जिसीको गृह मन्त्रालयमा र सहायक प्रमुख जिल्ला अधिकारी रेग्मीको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सरुवा भएको हो । 

रुकुम पश्चिममा प्रमुख जिल्ला अधिकारीको रूपमा दिनेशप्रसाद थानी आउने हुनुभएको छ । नेपाल सरकारका उप सचिव थानी गृह मन्त्रालयमा कार्यरत हुनुहुन्थ्यो ।  सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा हालसम्म कसैको पनि सरुवा तथा पदस्थापना तोकिएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज