नेभिगेशन
समाज

चौरजहारीमा मदिरा सेवन गरेर हतियार प्रहार गर्दा दुई जना घाईते 

रुकुम पश्चिमको चौरजहारीमा धारिलो हतियार प्रहार हुँदा दुई जना घाईते भएका छन् । 

बिहिबार बेलुका चौरजहारी नगरपालिका १ स्थित बजारमा सोही वडा निवासी ३० वर्षीय सन्तोष बिक र ३५ वर्षीय रिता बुढा पुन घाईते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार सोही वडा निवासी ३१ वर्षीय अभय सुनारले धारिलो हतियार (खुकुरी) प्रहार गर्दा दुई जना घाईते भएका हुन् । 

प्रहरीका अनुसार मदिरा सेवन गरेका सन्तोष र अभय विचमा वादविवाद हुँदा अभयले सन्तोषलाई धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट सन्तोषको बाँया हातको नाडीमा बिचमा भागमा काटिएको थियो । अभय र सन्तोषलाई छुटाउन जाँदा होटल सञ्चालक रिताको बाँया हात काटिएको प्रहरीले जनाएको छ । 

घाईते रिता र सन्तोषलाई उपचारको लागि चौरजहारी अस्पताल लिईएकोमा सन्तोषलाई थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको छ भने रितालाई उपचारपश्चात डिस्चार्ज गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज