नेभिगेशन
समाज

स्व‍. छोराको जन्मदिन पारेर विद्यालयलाई सहयोग 

डेस्क बेन्चको अभावमा भुईमा बसेर पढ्नपर्ने बाध्यताको अन्त्य 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका ११ स्थित दलित जनविकास आधारभूत विद्यालय गोइरीलाई सहयोग हस्तान्तरण गरिएको छ । 

आठबिसकोट नगरपालिका –११ का वडा सदस्य तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति राम बहादुर चन्दले आफ्नो स्व. छोराको जन्म जयन्तीको अवसरमा विद्यालयलाई डेस्क, बेन्च सहित शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । 

गत असार ३० गतेका दिन चन्दका १९ वर्षीय छोरा शिशिर चन्दको जाजरकोटको नलगाड नगरपालिका –७ स्थित विद्युत लाई मर्मतको क्रममा करेन्ट लागेर मृत्यु भएको थियो । शिशिरको जन्म दिनको अवसर पारेर बुवाले दुर्य लाख दुई ९८० रुपैयाँको डेस्क, बेन्च र शैक्षिक सामग्री उपलब्ध गराउनुभएको हो ।

विद्यालयका प्रधानाध्यापक जङ्ग बहादुर बिकका अनुसार विद्यालयमा अत्यावश्यक रहेका सामाग्रीहरु प्राप्त भएका छन् । यी सामाग्रीहरु विद्यालयको शैक्षिक वातावरणको लागि महत्वपूर्ण र रहने उहाँको भनाइ छ । 

बिद्यालयलाई ४२ थान डेस्क बेन्च सहित शैक्षिक सामग्री उपलब्ध गराईएको छ । पर्याप्त डेस्क बेन्च नहुँदा यहाँका विद्यार्थीहरु भुईमै बसेर पठनपाठन गर्दै आएका थिए । 

सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष प्रेम बहादुर पुन, विव्यस अध्यक्ष मदन कुमार नेपाली , नेपाली काँग्रेसका जिल्ला सचिव तारक बहादुर शाही,  युवा नेता बसन्त चन्द, स्वर्गीय चन्दको आमाबुवासहित अन्य समाजसेवी, विद्यार्थीहरु लगायतको सहभागिता रहेको थियो ।

3cd01367-2505-4c73-8127-bf415f629ae4-1755149281.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज