नेभिगेशन
समाज
उपचारमा सहायता

क्यान्सरपीडित शोभाको उपचारको लागि शीतल माविको विद्यार्थी समुहद्वारा आर्थिक सहायता

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ११ खोलागाउँ निवासी ४० वर्षीया शोभा डाँगी खत्रीको उपचारको लागि आर्थिक सहायता गरिएको छ । 

क्यान्सर रोगबाट पीडित शोभाको उपचारमा सहयोग पु¥याउने उद्धेश्यका साथ चौरजहारी नगरपालिका २ मा रहेको शीतल माविबाट २०६७ सालमा एलएलसी दिएका विद्यार्थीहरुको समुहले आर्थिक रकम प्रदान गरेको हो । 

शीतल माविका पूर्व विद्यार्थी एवम् एसएलसी ब्याच २०६७ को समुहका सदस्य बिक्रम बिष्टका अनुसार उहाँलाई ३७ हजार ७७५ रुपियाँ उपलब्ध गराईएको हो । अस्पतालमै पुगेर उक्त रकम हस्तान्तरण गरिएको हो । 

यस विद्यार्थी समुहले केहि बर्ष यता विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ । रक्तदान, सरसरफाई, विचल्लीमा परेका बालबालिकालाई आर्थिक सहायता लगायतका कार्यमार्फत शीतल माविबाट २०६७ सालमा एसएसलसी दिएका विद्यार्थीहरुले उदाहरणीय काम गरिरहेका छन् । 

शोभा अहिले बाँकेको खजुरास्थित सुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत हुनुहुन्छ । विगत १८ महिनादेखि उहाँ उपचाररत हुनुहुन्छ । उहाँको आन्द्रा, कलेजो र पाठेघरमा पाठेघरको संक्रमण देखिएको छ । 

पारिवारीक अवस्था सामान्य रहेको र क्यान्सर रोगबाट ग्रसित भएपछि उपचारको लागि उहाँलाई आर्थिक अभाव खड्किएको छ । उपचारकै क्रममा घरको आर्थिक अवस्था नाजुक बनेको छ । 

शोभाका भाई डिल्ली डाँगीका अनुसार दिदिलाई अस्पताल लिने ल्याउने क्रम जारी रहेको छ । नियमित उपचार गरेमा उहाँको स्वास्थ्यमा सुधार आउने तर खर्च महंगो हुने चिकित्सकले जनाएका छन् । 

शोभाको उपचारको लागि सक्दो सहयोग गर्न आग्रह गरिएको छ । मनकारी र सहयोगी व्यक्तिहरुले उहाँको नाममा रहेको तपशिलको बैंक खातामा रकम सहयोग गर्न सकिनेछ । 

526746921_3991978031024132_4318843746814328515_n-1754803559.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज