नेभिगेशन
समाज

बाेतलमा राखेकाे डिजेल खाँदा एक जनाकाे मृत्यु

उदयपुरमा डिजेल खाँदा एक जनाको ज्यान गएको छ । घरमा बोतलमा राखेको डिजेल अन्जानमा खाँदा ९३ वर्षका नारायण श्रेष्ठको ज्यान गएको हो ।

गएराति डिजेल पिएपछि बिरामी परेका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यस्तै उदयपुरमै करेन्ट लागेर एक जना बालकको ज्यान गएको छ । गएराति घरमा बिजुलीको बल्ब होल्डरमा जोड्ने क्रममा करेन्ट लागेर त्रियुगा नगरपालिका वडा नम्बर ७ का देवन विकको ११ वर्षीय छोरा दर्शनको ज्यान गएको हो ।

दुवै घटना बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्