नेभिगेशन
समाज

ठूलीभेरी नदीले सतर्कता तह पार गर्यो

डोल्पा हुँदै रुकुम पश्चिम र जाजरकोट भएर बग्ने ठूलीभेरी नदीले जलसतह सतर्कता तह पार गरेको छ ।

रिम्नामा रहेको जलमापन केन्द्रका अनुसार ठूलीभेरीले जलसतह सतर्कता तह पार गरेको हो । मंगलबार बेलुका ८ः४० बजे गरिएको मापन अनुसार ठूलीभेरी नदिको तह ५.६१ मिटरमा आएको छ । 

यहाँ ५.६ मिटरको तहलाई चेतावनी र ६.२ मिटरको सतह पार गरेमा खतराको तह मानिन्छ ।  रिम्नामा रहेको जलमापन केन्द्रका ग्रेड रिडर लक्ष्मी शाहीका अनुसार नदि बढ्दो क्रममा रहेको छ ।

उहाँले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भूभागहरूमा सचेतना अपनाउन अनुरोध गर्नुभयो । 

jal-sataha-1754407958.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्