नेभिगेशन
समाज

गोतामकोटमा बाख्रा चराउन गएका किशोरको भिरबाट लडेर मृत्यु 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -५ मा एक किशोरको भिरबाट लडेर मृत्यु भएको छ । 

वडाको रोकाई निवासी १७ वर्षीय दिपक बुढा शनिबार दिउँसो घर भन्दा करिब चार किलोमिटर टाढा रहेको भिरबाट खसेर गम्भिर घाईते हुनुभएको र उपचारको क्रममा सल्लीबजार सल्यान पुर्याएको बेला उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार रोकाईस्थित जंगलमा साथीहरुसँग  बाख्रा चराउन गएको बेला माथि भिरबाट खसेको ढुङगाले बुढाको ढाडमा लागेपछि उहाँ भिरबाट लड्नु भएको थियो । भिरबाट करिब तीन सय मिटर तल खसेर गम्भिर घाईते अवस्थामा रहनु भएका उहाँलाई उपचारको लागि सल्लिबजारस्थित सिटी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरोक थिए । 

मृत घोषणापछि मृतकका आफन्तहरुले बुढाको शव फर्काएर आठबिसकोटस्थित नगर अस्पतालमा ल्याएको बताईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज