नेभिगेशन
समाज

रुकुम जिल्ला अदालतबाट लक्ष्य भन्दा बढी फैसला 

२४४ वटा मुद्धा सम्बन्ध बिच्छेदका मात्रै

रुकुम पश्चिमस्थित जिल्ला अदालतले लक्ष्यभन्दा बढी फैसला गरेको जनाएको छ । अदालतले आर्थिक वर्ष ०८१/०८२ मा लक्ष्यभन्दा बढी बढी फैसला गरेको हो । 

अदालतका श्रेष्तेदार मन्दिरा शाहीले रुकुम जिल्ला अदालतले लिईएको लक्ष्य अनुसार ११४.४७ प्रतिशत मुद्धा फैसला गरेको जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४४२ वटा मुद्धा फैसलाको लक्ष्य लिईएको थियो । अदालतबाट भने ५०६ वटा मुद्धा फैसला भएको उहाँले बताउनुभयो ।

यो फैसला रुकुम जिल्ला अदालतमा हालसम्मकै सर्वाधिक हो । देवानी प्रकृतिका  ३६४ र फौजदारी प्रकृतिका १४२ वटा मुद्धा फैसला भएका हुन् । फैसला भएका ५०५ वटा मुद्धा मध्य २४४ वटा मुद्धा भने सम्बन्ध बिच्छेदका रहेका छन् । 

अदालतका तहसिलदार लालबहादुर क्षेत्रीका अनुसार यस आर्थिक वर्षमा अदालतमा ५०३ वटा नयाँ मुद्धा दर्ता भएका थिए भने १७३ वटा मुद्धा अघिल्लो वर्षबाट सरीआएका थिए । नयाँ दर्ता भएका मध्य ३३४ वटा र अघिल्लो वर्षबाट सरेर आएका मध्य १७२ वटा मुद्धा फैसला भएका छन् । जम्मा मुद्धा मध्य ७४.८५ प्रतिशत मुद्धा फैसला भईसकेको तहसिलदार क्षेत्रीले जानकारी दिनुभयो । 

अदालतबाट भए गरेका कामहरुको बारेमा जानकारी गराउन आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीस रामप्रसाद बस्यालले कार्यालयको व्यवस्थापन पक्ष चुस्त र दुरुस्त रहेकोले यो सफलता पाएको बताउनुभयो । उहाँका अनुसार अदालतमा फौजदारी प्रकृतिका मुद्धाहरु बढी मात्रामा आउने गरेका छन् । न्यायाधीस बस्यालले सिमित श्रोत र साधनका बाजवुद पनि एकताबद्ध कर्मचारी टिम र सरोकारवालासँगको सफल समन्वयकारी भूमिकाको कारण बढी मात्रामा मुद्धा फैसला गर्न सकिएको जनाउनुभयो । 

अदालतका अनुसार मेलमिलापका लागि आदेश भएका ७१ वटा मुद्धा मध्य २१ वटामा मिलापत्र भईसकेको छ भने तीन वटा प्रक्रियामा रहेका छन् । ४७ वटा भने मेलमिलाप हुन सकेका छैनन् । कैद फछ्यौटथर्फ ९९२ वर्ष ३ महिना १८ दिन फैसला भएकोमा  ४१७ वर्ष चार महिना १९ दिन फछ्र्यौट भएको छ भने ५७४ वर्ष १० महिना २९ दिन बाँकि रहेको छ । 

अदालतबाट तोकिएको पाँच करोड ४४ लाख ४१ हजार ५७३ रुपियाँ २२ पैसा जरिवाना मध्य दुई करोड ४६ लाख ९० हजार ९९ रुपियाँ ७० पैसा फछ्र्यौट भएको छ भने दुई करोड ९७ लाख ५१ हजार ४४७ रुपियाँ ५२ पैसा असुल गर्न बाँकि रहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज