नेभिगेशन
समाज

आठबिसकोटबाट शिशु र आमाको हेलिकोप्टरमार्फत उद्धार 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाबाट नवजात शिशुसहित आमाको उद्धार गरिएको छ । आठबिसकोट नगरपालिका ४ गोतामकोटकी २२ वर्षिया अर्चना विक र उहाँको नवजात शिशुको उद्धार गरिएको हो ।

सोमबार बिहान जन्मेको जन्मेको बच्चाको श्वासप्रश्वास सम्बन्धि समस्या भएपछी थप उपचारको लागि हेलिकोप्टर मार्फत सुर्खेत स्थित प्रादेशिक अस्पतालमा पठाईएको नगरपालिकाका उप प्रमुख धनकुमारी शाहीले जानकारी दिनुभयो । 

उहाँका अनुसार आठबिसकोट नगर अस्पतालमा उपचार सम्भव नभएपछि छोरा र आमाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको हो । 

नगरपालिकाले जिल्ला प्रशासन कार्यालयमार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकोप्टर व्यवस्था गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज