नेभिगेशन
समाज

विद्युत लाईन मर्मतका लागि पोलमा चढेका चन्दको घटनास्थलमै मृत्यु, केसी घाईते

रुकुम पश्चिमका एक युवाको करेन्ट लागेर मृत्यु भएको छ भने एक जना घाईते हुनुभएको छ । 

सोमबार जाजरकोटको नलगाड नगरपालिकामा -४ मा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर आठविसकोट नगरपालिका वडा नम्बर -११ चौर गाउँका २२ वर्षीय शिशिर चन्दको मृत्यु भएको हो ।

बिद्युतको तार मर्मतको लागि पोलमा चढेको बेला करेन्ट लागेर चन्दको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । चन्द विद्युत कार्यालयको ज्यालादारी कर्मचारीको रुपमा कार्यरत रहेको बताईएको छ । 

त्यसैगरी सोमबार साँझ बाँफिकोट गाउँपालिका -३ निपानेमा करेन्ट लागेर स्थानीय प्रकाश केसी घाईते हुनुभएको छ । बिद्युतको तार मर्मतको क्रममा केसीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

बिद्युतको तारमा जमेको कार्बन हटाउने बेला उहाँलाई एक्कासी करेन्ट लागेको प्रहरीको भनाइ छ । घाईते केसीलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

उहाँको हात र शरीरका अन्य भाग जलेको अस्पतालले जनाएको छ । केसीका आफन्तहरुले फिल्डको काम गर्ने बेला बिद्युत कार्यालयले मनपरी करेन्ट प्रवाह गरेकोले घटना भएको जनाएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज