नेभिगेशन
घटना/दुर्घटना

रुकुममा टिप्परको ठक्करबाट एउटै स्कुटरमा सवार तीन जना घाइते 

रुकुम पश्चिममा टिप्परले ठक्करबाट एउटै स्कुटरमा सवार तीन जना घाईते भएका छन् । 

शुक्रबार दिउँसो राप्ती राजमार्गको मुसिकोट नगरपालिका ११ स्याउली बजार नजिकै म.प्र.०३००२ ख १८४७ नम्वरको टिप्पर र रा ८ प २१३३ नम्वरको स्कुटर ठोकिन गई दुर्घटना भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार घाईते हुनेहरुमा रुकुम पश्चिमको  त्रिवेणी गाउँपालिका २ निवासी १७ वर्षीय स्कुटर चालक विज्ञान बि.क., स्कुटरको पछाडी सवार सोहि स्थानका १६ वर्षीय जितु बिक र १४ वर्षीय अर्जुन बिक रहेका छन् । घाईतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । 

अस्पतालका अनुसार चालक विज्ञानको मुख र शरीरमा, जितुको  दाहिने खुट्टा र शरिरमा र अर्जुनको दाहिने खुट्टा र अनुहारमा चोट लागेको छ । उनीहरुको अवस्था भने सामान्य रहेको छ । 

सिम्लीबाट बालुवा ढुवानी गरी दाङतर्फ जादै गरेको टिपर र सिम्रुतुबाट सोलावाङतर्फ आईरहेको स्कुटर स्याउलीबजार नजिकै ठोकिएका थिए । प्रहरीले टिपर चालक सल्यानको शारदा नगरपालिका ३ निवासी ३८ वर्षीय पारसमणी नेपालीलाई निय्न्त्रणमा लिएको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना