नेभिगेशन
समाज

भिरमाथिबाट खसेको ढुङ्गा लागेर टहरामा सुतेका दिदी-बहिनीको मृत्यु

जाजरकोटकाे कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गाले लागेर ज्यान गएको छ ।

टहरामा सुतिरहेकी नरबहादुर बुढाका छोरीहरु १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको गएराति ज्यान गएको वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिनुभयो ।

नियमित पानी परिरहेको र भिरमाथिबाट खसेको ढुङ्गा उनीहरु सुतेकाे टहरामाथि खसेको उहाँले बताउनुभयो । बुढाका दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा ढुङ्गा खसेर लाग्दा ज्यान गएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । 

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज