नेभिगेशन
घटना/दुर्घटना

रुकुम पूर्वमा दुई मोटरसाईकल ठोक्किदा स्वास्थ्यकर्मी ओलीसहित दुई जना घाईते

बुधबार रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धौलापहिरा दुई मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन् । 

रुकुमकोटबाट मध्यपहाडी लोकमार्ग हुँदै भूमे गाउँपालिकाको खाबाङ तर्फ जाँदै गरेको रा ७ प १२६२ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा २९ प ४४२७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा दुबै मोटरसाईकलका चालक घाईते भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका अनुसार दुर्घटनामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १० का २७ वर्षीय हेमराज ओली गम्भिर घाईते हुनुभएको छ । उहाँको टाकोमा चोट लागेको छ ।

त्यस्तै बा २९ प ४४२७ नम्बरको मोटरसाइकल चालक रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ धौलापहिराका २५ वर्षीय कृष्ण खत्रीको शरीरमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

घाइते दुवै जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचार भइरहेको प्रहरीको भनाई छ । गम्भिर घाईते ओलीलाई थप उपचारका लागि जिल्ला बाहिर लिने तयारी भईरहेको छ । 

घाईते ओली स्वास्थ्यकर्मी हुनुहुन्छ । उहाँ स्वास्थ्य चौकी महतमा सिअहेब पदमा कार्यरत हुनुहुन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना