नेभिगेशन
समाज

मुसिकोटमा युवा मानव अधिकार रक्षकका सवालमा छलफल

रुकुम पश्चिममा युवा मानव अधिकारको विषयमा सहकार्यका साथ अघि बढ्न सरोकारवाला निकाय तयार भएका छन् । मुसिकोट नगरपालिका– १ खलंगामा भएको युवा मानवअधिकार रक्षकहरुका सवालमा समन्वयात्मक कार्यक्रममा बोल्ने सरोकारवाला निकायका प्रतिनिधिले प्रतिवद्धता गरेका हुन । 

कार्यक्रममा बोल्नुहुँदै गैर सरकारी संस्था महासंघ रुकुम पश्चिमका अध्यक्ष भिमराज ओलीले युवाहरुको विषयमा स्थानीय सरकार जिम्मेवार नभएको बताउनुभयो । स्थानीय सरकारहरुले लक्षित वर्ग अन्तरगत युवाहरु कार्यक्रमको लागि जिम्मेवार हुन नसकेको उहाँको भनाई छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका ओलीले भन्नुभयो, "खेलकुदका नाममा थोरै बजेट आँउछ, एउटा प्रतियोगिता गरेर त्यो रकम सकिन्छ, अन्य विषयमा बजेट नै आउदैन । ” 

युवाहरुले पाउनु पर्ने अधिकारको लागि स्थानीय सरकार, प्रदेश र संघ सरकारले विषेश कार्यक्रम ल्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । युवाहरुको हकहितको लागि गैरसरकारी संस्था महासंघ सधै प्रतिबद्ध रहने उहाँको भनाइ छ । युवाहरुको विषयमा ठोस योजना बनाएर अघी बढ्न पनि उहाँले कार्यक्रममा सहभागि युवाहरुलाइ आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै रुकुम जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रचना मल्लले सानै उमेरमा विवाह गरेकाहरु युवा अवस्थामा सम्वन्ध विच्छेद गर्दा ठुलो समस्या हुने गरेको बताउनुभयो । उहाँले जिल्लाको अवस्था हेर्दा युवाहरु नै धेरै अपराधिक क्रियाकलापमा लागेको देखिएकोले अव युवाहरु सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो । कानुनि रुपमा अप्ठ्यारोमा परेका युवाहरुलाइ नेपाल बारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता उहाँको थियो । 

त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष व्युझना पुन देवकोटाले युवा र महिला मानव अधिकारको लागि दुबै सञ्जालको सहकार्य आवश्यक रहेको बताउनुभयो । जिल्लामा हुने मानव अधिकारको घटनामा पहिला र युवाहरु बढिनै पीडित हुने गरेको बताउदै त्यस्ता घटनामा दुबै सञ्जालको सहकार्य अनिवार्य भएको उहाँको भनाइ थियो । 

पिडितहरुको विषयमा एक्ला–एक्लै बोल्नुभन्दा सबै मानव अधिकार रक्षकहरु एक हुनुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा युवा मानव अधिकार रक्षक सञ्जालले गरेका कामको बारे, यसको क्षत्र अधिकारको विषयमा सञ्जालका जिल्ला अध्यक्ष परिचन्द्र खत्रीले कार्यक्रममा सहभागिहरुलाइ जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा रोयम नेपाल कर्णाली प्रदेशका संयोजक सन्तोष विकले रोयम नेपालले कर्णाली प्रदेशमा गर्ने कामको बारेमा जानकारी दिनुभएको थियो । त्यस्तै युवा मानव अधिकार सरक्षक सञ्जालसंग कुन–कुन निकायको कस्तो भुमिका रहन्छ भन्ने विषमा सामुहिक छलफल गरिएको थियो । 

युवा मावन अधिकार रक्षक सञ्जालका अध्यक्ष परिचन्द्र खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका अध्यक्ष भिमराज ओलीको प्रमुख आतिथ्यता रहेको थियो । सञ्जालका उपाध्यक्ष रमेश मल्लको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव सोमपाल कामीले गर्नुभएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज