नेभिगेशन
राष्ट्रिय

रुकुमेलीद्वारा काठमाडौंमा रक्तदान

नेकपा (माओवादी केन्द्र) निकट रुकुम पश्चिम - काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा रक्तदान कार्यक्रम गरेको छ । 

आज शनिबार बिहानै देखि नेपाल रेडक्रस सोसाइटीको भृकुटीमण्डपस्थित काार्यालयमा रक्तदान भएको हो ।

रुकुम पश्चिम - काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष एकराज केसीका अनुसार अहिले सम्म ४० जनाले रक्तदान गरिसक्नु भएको छ । अहिले पनि कार्यक्रम चलिरहेको छ ।

512767336_122159766224478152_7318123695518247401_n-1751096469.jpgरगतको अभावको कसैको पनि ज्यान नजाओस् र उनीहरुलाई रगतको उपलब्धता सहनै होस् भन्ने उद्धेश्यका साथ रक्तदान गरिएको हो । रक्तदान गर्नेहरुमा अधिकांस रुकुम पश्चिमकै रहेको उहाँले जनाउनुभयो । 

रक्तदान कार्यक्रममा पूर्व मन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माको समेत उपस्थिति रहेको छ । रक्तदाताहरुलाई पूर्वमन्त्री शर्माले प्रमाणपत्र प्रदान गर्नुभएको छ । रक्तदान : जीवनदान समेत रहेको र उच्च मानविय कार्य गरेको भन्दै उहाँले रक्तदाताहरुलाई धन्यबाद व्यक्त गर्नुभएको छ । 

514417684_4918373295053795_1792815448291490543_n-1751096472.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्