नेभिगेशन
समाज

रुकुम पश्चिममा चट्याङ लागेर घर भित्रै रहेकी महिलाको मृत्यु

रुकुम पश्चिममा चट्याङ लागेर गम्भीर घाइते हुनुभएकी एक महिलाको मृत्यु भएको छ । 

जिल्लाको त्रिवेणी गाउँपालिका -१० बर्नेटीकी ५० वर्षीया गणेशा ओलीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरी प्रसाद पुनका अनुसार आइतबार अपराह्न स्थानीयको घरमा रहेको विद्युतको मिटरबक्समा चट्याङ परेको थियो । २५ मिटर पर रहेको आफ्नै घरमा रहेकी ओलीलाई चट्याङ लागेको थियो ।

चट्याङ लागेर गम्भीर घाइते अवस्थामा रहेकी ओलीलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । गएराती १२ बजे चिकित्सकले उहाँलाई मृत घोषणा गरेका थिए । 

ओलीका शव अहिले अस्पतालको शव गृहमा रहेको र पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी रहेको छ

। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्