रुकुम पूर्व । रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आकर्षित कार्यक्रमहरु ल्याएको छ । आज गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले गाउँपालिकाको १७ औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/ ०८३ को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ ।
नीति कार्यक्रममा कृषितर्फ ‘कृषि उपज बजारसम्म- मुनाफा किसानको खल्तिसम्म’ पुग्नेगरी मूर्त र वस्तुवादी कार्यक्रम बनाउने नीति गाउँपालिकाले ल्याएको छ । कृषि पकेट क्षेत्रको विकास र विस्तार गर्दै एक टोल एक उत्पादन कार्यक्रम तर्जुमा गर्ने, किसान सूचिकरण तथा परिचय पत्र वितरणको कामलाई यथाशिघ्र लागु गर्ने, व्यवासायिक कृषि समुह एवं उद्योगको अभिलेखिकरण गर्ने, कृषि सहकारीलाई CoPoMis मा आवद्ध गर्न आवश्यक कार्यक्रम बनाउने, प्राङ्गारिक वस्तु प्रमाणिकरणको कार्यक्रम लागु गर्ने, पूर्वाधार एम्बुलेन्सको व्यवस्था गर्ने, रैथाने बालीको संरक्षण गर्ने र जैविक खेती किसानको कार्यक्रम लागु गर्ने नीति ल्याएको छ ।
यस्तै शिक्षातर्फ ‘शिक्षा विशेष’ कार्यक्रमलाई निरन्तरता दिदै प्रविधिमैत्री, संस्कृतीमैत्री शिक्षा कार्यक्रमलाई जोड दिदै सामुदायिक विद्यालयमा पुर्वाधारयुक्त प्रविधिमा आधारित गुणस्तरीय र व्यवहारिकरवैज्ञानिक शिक्षा शिक्षण पद्धती सञ्चालन गर्ने, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्न दलित, विपन्न, द्धन्द्धपिडित कोभिड १९ बाट अभिभावक गुमाएका असाहाय छात्रछात्रालाई प्रोत्साहन गर्न पोसाक तथा शैक्षिक सामाग्री वितरणलाई सहज र सुलभ बनाइने नीति सिस्ने गाउँपालिकाले लिएको छ ।
शिक्षक तथा विद्यार्थीहरुमा भाषिक शुद्धता र स्पष्ट रुपमा वर्ण मिलाई लेखन सिप विकास गर्न अक्षर सुधार कार्यक्रमलाई क्रमस पालिका भरका सबै विद्यालयहरुमा विस्तार गर्ने, सिस्ने गाउँपालिकाको शिक्षा क्षेत्र योजना २०८१ लाई कार्यान्वयनमा लैजाने नीतिमा उल्लेख गरिएको छ ।
स्वास्थ्यतर्फ गर्भवती, सुत्केरी महिलाका लागि यातायातका साथै उत्प्रेरणा खर्चको कार्यक्रमलाई निरन्तरता दिदै किशोरी, गर्भावस्था र सुत्केरी स्वास्थ्य सचेतना एवं बहुक्षेत्रिय पोषण कार्यक्रम सञ्चालन गर्ने, नारी बचत कार्यक्रम र सुत्केरीका लागि सुलभ यम्बुलेन्स विशेष सेवालाई निरन्तरता दिने, बर्थिङ सेन्टर र प्रयोगशालाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउने, मोतिबिन्दुको अप्रेसनको लागि विशेष व्यवस्था गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
पर्यटनतर्फ रुकुमकोटलाई जिल्लाकै हिमाली पर्यटन हब घोषणा गर्दै थप विकासका ढोका खोलेको उल्लेख गर्दै सिस्ने राउण्डमा पदमार्गको कार्यलाई निरन्तरता दिने, रुकुमकोट हुँदै सिस्ने र से-फोक्सुण्डो सम्मका पर्यटकिय मार्गलाई प्रवर्द्धन गर्न संघ र प्रदेश सरकारसँगको सहकार्यमा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने, रुट गाइड, होटेल व्यवस्थापन, सूचना केन्द्र सञ्चालन लगाएतका सिपमुलक तालिम सञ्चालन गर्ने, नीजि क्षेत्रसँगको सहकार्यमा जिपलाईन स्थापना सञ्चालन कार्य अघि बढाउने नीति सिस्ने गाउँपालिकाले ल्याएको छ ।
यस्तै बाउन्न पोखरी त्रिपन्न टाकुरीको रेखाङ्किय नक्साङंकनको लागि आवश्यक पहल गर्ने, सिस्ने बेस क्याम्पमा सिस्ने राउण्ड, नौ दह, पूर्मुली क्षेत्रमा पूर्वाधार निर्माण गर्दै जाने कुरा पनि नीति कार्यक्रममा उल्लेख छ ।
भौतिक पूर्वाधारतर्फ देउखोलामा निर्माण भइरहेको चुनौतिपूर्ण बाटोलाई एलाइनमेन्ट परिवर्तन गर्न, समयमै काम सक्नको लागि र थप ठेक्का प्रक्रियका लागि विशेष गर्ने, पूँजिगत बजेटको कम्तिमा ३ प्रतिशत बजेट पूर्वाधार मर्मत तथा सम्भार गर्ने गरी बिनियोजन गरिने गरी प्रबन्ध मिलाउने, सुद्रि(भट्टेचौर सडक समपुरक बजेट संघ सरकारसँगको योजनालाई प्राथमिकतामा राख्ने र रुकुमकोटमा ढल निकासको योजनालाई निरन्तरता दिने नीति गाउँपालिकाको छ ।
यस्तै पशुपालन मार्फत पशुपंक्षीजन्य उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउनुको साथै यस्ता उत्पादनलाई निर्यात प्रवर्धन गर्न, स्वरोजगार वृद्धि गर्न र आर्थिक विकास गर्ने, रैथाने जातको पशुपंक्षी पालनको संरक्षण गर्दै नश्ल सुधारको कार्यक्रमलाई व्यवस्थित बनाउदै लैजाने कुरा सिस्ने गाउँपालिकाले नीति कार्यक्रममा उल्लेख गरेको छ ।
महिलाका लागि राजनैतिक, आर्थिक, सामाजिक सशक्तिकरणको विभिन्न कार्यक्रमहरुस सिप विकास, आयआर्जन, जनचेतना, आत्मरक्षा आदी विभिन्न कार्यक्रम संचालन गरिने छ ।
स्वच्छ पिउने पानिको आपूर्तीको लागि उपभोक्ता समिति मार्फत प्रभावकारी रुपमा मुहान तथा ट्याङ्की संरक्षण मर्मत, पाइप जडान, धारा वितरणको व्यवस्था मिलाउने, बढ्दो प्लाष्टिकजन्य फूलजन्य वस्तुलाई निरुत्साहित गर्दै जैविक फूलको प्रयोग र बिक्रि वितरणलाई बढवा दिइने, यसै वर्ष एकिकृत ग्रामिण उद्योग स्थापना गर्न विशेष पहल गरिने, ‘दिगो वन व्यवस्थापन स्वच्छ र समृद्ध जीवनयापन’ को दिर्घकालिन सोचलाई कार्यान्वयन गर्न वन पैदावार र वन व्यवस्थापन, जडिबुटी र जैविक विविधताको दगो संरक्षण गरी रोजगारी सिर्जना, वन अर्थतन्त्र निर्माण गर्न जंगलको उपयोग गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।
अध्यक्ष-उपाध्यक्ष जनमितेरी तथा जनसाक्षात्कार कार्यक्रम सञ्चालन गर्दै सामाजिक दायित्वसँग एकाकार हुने नीति,विगत सशस्त्र द्धन्द्ध एवम् जनआन्दोलन लगाएत युगान्तकारी आन्दोलनमा सहिद हुनुभएका परिवारका लागि सहकारीमा सेयर खरिद गरिदिने र सम्मान(स्मरण गर्दै योगदानलाई मूल्याङ्कन गर्दै दायित्व बहन गर्ने कार्यलाई निरन्तरता दिइने, अध्यक्ष(उपाध्यक्षसँग विपन्न सहायता कार्यक्रमलाई निरन्तरता दिने, पालिकामा खुला कार्यक्रम गर्नको लागि खुला मञ्च निर्माण गर्न पूर्वाधारका कामलाई प्राथमिकतामा राखेर काम अघि बढाइने नीति गाउँपालिकाको छ ।
यस्तै लोक सेवा र शिक्षक सेवा कक्षा संचालन गर्ने, आर्थिक पारदर्शिता र बित्तिय अनुशासनलाई कडाइका साथ पालना गर्दै बेरुजु नियन्त्रणलाई प्राथमिकतामा राख्दै बेरुजु फर्च्यौट ९नियमित गर्ने,असुलउपर गर्ने समेत० गर्ने कार्यलाई तिव्रता दिने, ‘स्वस्थ प्रतिस्पर्धी बजार र रितपूर्वक बिल बिजक’ भन्ने ब्यापारी कथन चरितार्थ गर्दै नियमित बजार अनुगमणलाई निरन्तरता दिने, आन्तरिक नियन्त्रण प्रणाली तथा सेवा प्रवाहको मापदण्ड तयार गरी लागु गर्ने नीति गाउँपालिकाले ल्याएको छ ।