नेभिगेशन
समाज

महोत्सवका लागी रुकुम आएकी गायिका रचना रिमाललाई हेलिकोप्टर मार्फत उद्दार

चर्चित गायिका रचना रिमाल बिरामी हुनुभएको छ ।

रुकुम पश्चिमको सानिभेरी गाँउपालिका ३ स्थित बेलटापुमा सन्चालन भैरहेको सांस्कृतिक महोत्सवमा प्रस्तुति दिन आउनु भएकी गायिका रिमाल अकस्मात बिरामी हुनु भएको हो ।

उहाँलाई उपचारको लागि मंगलबार बिहान चौरजहारी अस्पताल लिइएको र त्यहाँबाट पनि थप उपचारको लागी नेपाली सेनाको हेलिोप्टर मार्फत सुर्खेत लिईएको छ ।

उहाँलाई एपेण्डीसाइड भएको चौरजहारी अस्पतालले जनाएको छ । आजै सुर्खेतबाट काठमाण्डौ लैजाने र थप उपचार गर्ने तयारी भएको छ ।

1000084535-1749545185.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्