नेभिगेशन
समाज

ठुलीभेरीमा पौडी खेल्न गएकी एक किशोरीको मृत्यु, एउटै घरका दिदीभाई बेपत्ता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –९  र जाजरकोटको नलगाड ८ को मन्मैस्थित ठुलीभेरी नदिमा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार जाजरकोटको नलगाड नगरपालिका –८ निवासी टेकबहादुर नेपालीको छोरी १६ वर्षीया भगवती नेपालीको मृत्यु भएको हो । उहाँका अनुसार भेरीनदिबाट उद्धार गरेर ल्याईएकी भगवतीलाई आठबिसकोट नगर अस्पतालमा मृत घोषणा गरिएको हो । 

उनीसँगै पौडी खेल्न गएका अन्य दुई जना भने बेपत्ता रहेका छन् । जाजरकोटको नलगाड नगरपालिका –८ निवासी सुरेन्द्र कुसारीकी १२ वर्षीया छोरी आशा कुसारी र १० वर्षीय छोरा महेश कुसारी बेपत्ता रहेको प्रहरी निरीक्षक पुनले जानकारी दिनुभयो । 

प्रहरी, स्थानीयवासी र आफन्तहरुले उनीहरुको खोजीकार्य गरिरहेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्