नेभिगेशन
राष्ट्रिय

यातायात व्यवसायीद्वारा देशव्यापी हड्ताल फिर्ता

यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हड्ताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हड्ताल फिर्ता लिने निर्णय गरेको हो।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । 

बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले जानकारी दिनुभयो । 

उहाँले निर्णयसँगै निर्वाध रुपमा सार्वजनिक यातायातका साधन चल्न सक्ने बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्