नेभिगेशन
समाज

चौरजहारीमा फोहोर नफाल्ने प्रतिबद्धता

रुकुम पश्चिमको चौरजहारीमा फोहोर नगर्ने लगायतका प्रतिबद्धता गरिएको छ । 

विश्व वातावरण दिवसको अवसरमा सुरु गरिएको साप्ताहिक सरसफाई कार्यक्रमको क्रममा आज नगरपालिकाको सार्वजनिकस्थलहरुमा फोहोर नगर्ने लगायतका प्रतिबद्धताहरु गरिएको हो । 

आज चौरजहारी नगरपालिका वडा नम्वर १ र २ को बजार क्षेत्रमा गरिएको सरसफाई कार्यक्रम पश्चात विभिन्न प्रतिवद्धताहरु गरिएको वडा नम्वर १ का वडा अध्यक्ष ईन्द्रे गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नगरलाई सफा र हरियाली बनाउन प्लाष्टिकमुक्त बनाउने, आफ्नो घर र आसपासका क्षेत्रमा सफा राख्ने, सार्वजनिकस्थलहरुमा फोहोर नफाल्ने प्रतिबद्धताहरु गरिएको छ । 

जनप्रतिनिधिहरु, स्थानीयवासीहरु, व्यवसायीहरु, विद्यँर्थी, सुरक्षाकर्मी लगायतको सहभागितामा सरसफाईसँगै उक्त प्रतिबद्धता गरिएको हो ।  

503477989_564673493366672_256557728098742924_n-1748879710.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्