नेभिगेशन
समाज

वर्षाको कारण रुकुमका ग्रामिण सडक अवरुद्ध, स्वास्थ्य चौकी समेत प्रभावित

रुकुम पश्चिम । गएराती देखि आज बिहानसम्मको भारी बर्षाका कारण रुकुम पश्चिमका ग्रामिण सडकहरुमा क्षति पुगेको छ । वर्षाको कारण कतिपय सडकमा पहिरो आएर अवरुद्ध भएको छ भने कतिपय सडक चिरेर क्षति गरेको छ । 

मुसिकोट नगरपालिका वडा नम्वर १२ का वडा अध्यक्ष धिरण सिर्पालीले असिना र भारी झरीका कारण वडाका सबै सडकमा क्षति पुगेको जानकारी दिनुभयो । उहाँका अनुसार भर्खरै लगाईएको मकै खेती बर्षासँगै आएको भेलले बगाएको छ । विभिन्न स्थानमा पहिरो आएर सडक समेत अवरुद्ध रहेको छ । 

वडा अध्यक्ष सिर्पालीले वडा स्वास्थ्य कार्यालय समेत हिलाम्मे पहिरोको कारण प्रभावित भएको बताउनुभयो । वडाका विभिन्न टोलबाट कार्यालयसम्म आउन, जिल्ला सदरमुकाम जान कठिनाई भएको उहाँले उल्लेख गर्नुभयो । 

त्यसैगरी वर्षाको कारण सानीभेरी गाउँपालिका विभिन्न सडकमा क्षति पुगेको छ । स्थानीय अजय बस्नेतका अनुसार वर्षाको कारण आएको पहिरो र भलले गरेको क्षतिको कारण यहाँका दुई कृषि सडक अवरुद्ध रहेका छन् । 

गाउँपालिकाको वडा नम्वर ५ बाट बाँफिकोटको मग्मा हुँदै जिल्ला सदरमुकाम जाने सडक र हाँसु घापागार छहरा खेत हुँदै गाउँपालिकाको केन्द्र सिम्ली जाने सडक अवरुद्ध रहेको छ । सडक अवरुद्ध हुँदा केहि गाडिहरु पनि गाउँमै रोकिएका छन् ।

वडा कार्यालयसम्मको सडकको पहिरो पन्छाएतापनिा गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम जाने सडक अवरुद्ध रहेको बस्नेतले जानकारी दिनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज