नेभिगेशन
कला/संस्कृती/धर्म
सिस्नुपानी हास्यव्यङग्य यात्रा

रुकुम पश्चिमबाट सुरु भयो ‘कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्रा’ 

रुकुम पश्चिमको मुसिकोटबाट ‘कर्नालीमा सिस्नुपानी हास्यव्यङग्य यात्रा, २०८२’ को प्रारम्भ भएको छ । सिस्नुपानी नेपाल र ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सुशासन प्रवद्र्धनका लागि बुधबार पहिलो प्रस्तुतिसहित यात्राको सुरुवात गरेका हुन् । 

हास्यव्यङग्यको माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउन यो अभियान सुरुवात गरिएको बताईएको छ । मुसिकोट नगरपालिका र राप्ती साहित्य परिषदको संयोजनमा भएको कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती राखेको रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिनुभयो । 

कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष मदन शर्माले सुशासन तथा सदाचारको बिषयमा प्रस्तुती राख्नुभएको थियो । त्यसैगरी सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे लगायत अर्जुन पराजुली, धीरेन्द्र प्रेमर्षि, टङकराज आचार्य, शिशिर योगी, सुबोध गौतम, चक्त दवाडि लगायतको जोडदार प्रस्तुती रहेको थियो ।   

कार्यक्रममा रुकुम पश्चिम निवासी कविहरु मुकुन्द शर्मा, मनलाल ओली, गिरी प्रसाद बुढा, ओम खत्रीले पनि प्रस्तुती राख्नु भएको थियो । 

सिस्नुपानी नेपालका महासचिव टङकराज आचार्यका अनुसार यो यात्रा रुकुमपश्चिमबाट जाजरकोट, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुसम्मको लागि तय भएको छ । मोफसलमा छ जिल्लामा हास्यव्यङग्य र रचनात्मक ढंगबाट देशको सामाजिक, राजनीतिक र सांस्कृतिक विषय उजागर गर्ने र जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । 

मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा सर्जक भरत कुमार शर्मा, प्रमुख जिल्ला अधिकारी कुल बहादुर जिसी, जिल्लाका सुरक्षा अधिकारीहरु, विद्यार्थी, सर्जक, कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो । 

499711952_685757734150111_2578997234547516742_n-1747827370.jpg

499878385_685757697483448_5724349639178216528_n-1747827370.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्