नेभिगेशन
राष्ट्रिय

पूर्वप्रधानमन्त्री दाहाललाई चौरजहारीका असल अभ्यास जानकारी गराउँदै ज्ञापनपत्र पेश

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष असल अभ्याससहित विकाससँग सम्बन्धित माग समेटिएको ज्ञापनपत्र बुझाएको छ । 

पूर्व प्रधानमन्त्रीसहित अन्य सात जना पूर्व मन्त्रीहरु चौरजहारी नगरपालिका कार्यालयमा अवलोकनका क्रममा गएको बेला ज्ञापनपत्र बुझाईएको हो । 
चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालका अनुसार नगरपालिकाले सञ्चालन गरेका  असल अभ्यासहरूको जानकारी गराउँदै ज्ञापनपत्र बुझाईएको हो । 

नगर प्रमुख पुष्प वादीले  पूर्वप्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउनु भएको हो । ज्ञापनपत्रमा मध्यपहाडी राजमार्ग अन्तर्गत जाजरकोटको कुदु र रुकुम पश्चिमको चौरजहारी जोड्ने भेरी पुल निर्माण, भूकम्पपछिको पुनर्निर्माण कार्यको तीव्रता, स्वास्थ्य बिमा कार्यक्रमको प्रथम सेवा विन्दुका रुपमा रहेको चौरजहारी अस्पताल र सहिदस्मृति नगर अस्पतालको बिमा रकम भुक्तानीका बुँदाहरु राखिएको छ । 

तयसैगरी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र, कर्णाली प्रदेशस्तरीय फुटबल रङ्गशाला, चौरजहारी बिमानस्थल सञ्चालन, अन्तरपालिका र जिल्ला जोड्ने सडक कालोपत्रे, मेडिकल कलेज स्थापना, नयाँ सहर आयोजना क्षेत्रमा जग्गा एकीकरण र पूर्वाधार निर्माणका लागि पर्याप्त बजेटको व्यवस्थाका विषय ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस क्रममा पूर्व प्रधानमन्त्रीज्यूले चौरजहारी नगरपालिकाले सञ्चालन गरेका असल अभ्यासहरूको प्रशंसा गर्दै थप रचनात्मक कार्य गर्न सुझाव दिनुभएको छ । उहाँले  ज्ञापनपत्रमा समेटिएका विषयहरू सम्बोधनका लागि प्राथमिकतामा राखेर अधिकतम पहल गर्ने समेत बताउनुभएको छ । 

498651542_3043574385818740_7507685337920138753_n-1747755775.jpg

500226562_3043574549152057_7998747649519622890_n-1747755781.jpg

499641434_3043574589152053_6236508677350279776_n-1747755775.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय